logo-img

‘नेपहपको श्रीपेच २’ विजेतालाई १० लाख

र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को घोषणा गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच शोको घोषणा गरिएसँगै डिजिटल अडिसनसमेत खोलिएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन दामी म्युजिक एप र डब्लुडब्लुडब्लुडट नेपाली र्यापडटकममार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । प्रतियोगीले नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल ह्वाट्सएप र इमेलमा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् ।

प्राप्त अडिसनमध्ये जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ । डिजिटल अडिसनका लागि बिट श्रीपेच स्टुडियो युट्युब च्यानलबाट डाउनलोड र कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।

शोको शीर्ष विजेताले १० लाख नगद, विश्व भ्रमणको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैंयाँ विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

शोको पहिलो सिजनमा भाइबर सामइन विजेता भएका थिए । दामी मिडियाको प्रस्तुति रहेको शोको कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् । शो निर्देशकमा निकेश खड्का रहनेछन् । 

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन् ।
निर्माता सुदीपका अनुसार शोको प्रसारण कान्तिपुर टेलिभिजन तथा डिजिटल पार्टनर ओएसआर डिजिटलबाट असार अन्तिम साता प्रसारण हुनेछ । 





  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया