logo-img

२७ वर्षपछि काजोल र प्रभुदेवाको सहकार्य

तेलुगु फिल्म निर्माता चरण तेज उप्पलति उनको असाधारण सिनेमा भिजनका लागि चिनिन्छन् । उनी अब हिन्दीमा लामो समयदेखि प्रतिक्षित रहेको निर्देशकीय जिम्मेवारीको सुरुवात गर्ने तयारीमा छन् । उनी एक हाई बजेट एक्सन थ्रिलरको काममा व्यस्त छन् । फिल्ममा काजोल, प्रभुदेवा, नसीरुद्दीन शाह, संयुक्ता मेनन, जीशु सेन गुप्ता र आदित्य सीलको अभिनय रहनेछ ।

काजोल र प्रभुदेवा २७ वर्षपछि उप्पलतिको फिल्ममा पुनर्मिलन गर्दैछन् । काजोल र प्रभुदेवाले २७ वर्षअघि अर्थात् सन् १९९७ मा राजीव मेननको तमिल भाषी फिल्म ‘मिनसारा कानाभु’मा सहकार्य गरेका थिए । यसको हिन्दी भर्सन फिल्म ‘सपने’ हो ।

फिल्मको पहिलो सेड्युल पुरा भएको छ । निर्माताहरू चाँडै नै टिजर सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन् ।यो महत्वकांक्षी फिल्ममा उच्च प्राविधिक टोली हुनेछ ।

जसमा फोटोग्राफी निर्देशकका रुपमा जीके विष्णु, संगीत निर्देशकमा हर्षवर्धन रामेश्वर र सम्पादकमा नवीन नूली छन् । फिल्मको पटकथा निरन्जन अयंगर र जेसिका खुरानाले लेखेका छन् । 





  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया