logo-img

माओवादी प्रवक्ता सापकोटा भन्छन्- ‘देशमा भयानक संकटको स्थिति आउनसक्छ’

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले यतिबेला भू–राजनीतिक परिस्थितिका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा उनले देशमाथि भयानक संकटको स्थिति आउने अवस्था रहेको भन्दै राष्ट्रियताको हिसाबले सबैले आफूलाई तयार पार्नुपर्ने अवस्था रहेको बताए ।

‘अहिले भू–राजनीतिको अवस्था अत्यन्तै जटिल छ । पेचिलो छ । आज हाम्रो आँगनमा युद्ध हुँदैछ । त्यसकारण राष्ट्रियताको हिसाबले पनि हामीले आफूलाई तयार पार्नुपर्ने बेला आएको छ । आँधी तुफान आउनसक्ने अवस्था छ । देशमा एउटा भयानक संकटको स्थिति आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताका लागि र जनताको आर्थिक विकासको लागि पनि तयार हुनुपर्छ,’ सापकोटाले भने । 

उनले देशमा समाजवादउन्मुख राज्यव्यवस्था लिपिबद्ध गर्न सफल भएता पनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभूत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताए । विश्व नै दृष्टिविहीन भएको अवस्थामा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण नबनेको भन्दै उनले राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको बताए ।

प्रवक्ता सापकोटाले नेपालमा वामपन्थी मात्र नभइ सबै कम्युनिष्ट एकीकरण भएमा मात्र देशमा विकासले गति लिन सक्ने बताए । उनले विज्ञान र प्रविधिको प्रयोग गर्न नसके पुरानो ढाँचाले देशको विकास गर्न नसकिने धारणा पनि राखे ।     





  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया