logo-img

सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप्न आवश्यक छ : मुख्यमन्त्री कँडेल
फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताएका छन् । उनले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताए ।  

‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ सुर्खेतको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा भएका शिक्षकको पुरानै दरबन्दीअनुसार अघि बढ्न नसकिने जिकिर गरे । 

‘२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसङ्ख्या र विद्यालयको सङ्ख्या दुवै बढेका छन्’, उनले भने, ‘आवश्यक दरबन्दी कायम गरेर सामुदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ । त्यसका लागि केन्द्रमै शिक्षा सुधार गर्न जरुरी छ ।’ 

तीन तहको सरकार भए पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन नसकेको मुख्यमन्त्री कँडेलको भनाइ छ । सीमित स्रोतसाधनकै बीच कर्णालीको शिक्षालाई सुधार गर्नुपर्नेमा उनको जोड छ ।

मुख्यमन्त्री कँडेलले क्षमताअनुसार शासन चलाउन सङ्घीयता ल्याइएको तर अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढिरहेको बताए । विगतमा दामासाहीले बजेट विनियोजन गर्ने प्रचलन भएको उनको धारणा थियो । 

‘प्रदेशभरिकै विद्यार्थी वीरेन्द्रनगर केन्द्रित हुने, भौतिक संरचनादेखि सबै कुराको अभाव हुने अवस्था अब सुधार गर्ने प्रयास गर्छु’, मुख्यमन्त्री कँडेलले भने ।  





  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया