logo-img

आफ्नो ढोकामै फोहोर फालिएकोप्रति सडक डिभिजनले भन्यो- ‘यसरी महानगरको गरिमा बढ्दैन’

सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । 

यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास र बलमिचाइँ भएको ठहर गरेको छ । 

‘काठमाडौंका सडक निर्माण तथा मर्मत संभारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिचाइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ,’ सडक डिभिजनले विज्ञप्तिमार्फत भनेको छ । 

डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारी र महानगरपालिकाका मेयर बालेन शाहबीच काठमाडौंका सडक सुधारका विषयमा छलफल भई नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाइ महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउनेमा सहमति भए पनि महानगरपालिकाले धुलो थुपारेको डिभिजनले आपत्ति जनाएको छ । 

मेयरले साहले चक्रपथ विस्तारमा ढिलासुस्ती भएको भन्दै शनिबार डिभिजन कार्यालयको ढोकामा एक ट्रक धुलो खसाल्दै यस्तै उपहार पठाइदिने घोषणा गरेका थिए ।



यो पनि पढ्नुहोस् 

भौतिक पूर्वाधारमन्त्री महासेठलाई मेयर बालेनले पठाए एक ट्रक धुलो उपहार



के भनेका छन् मेयर शाहले ? हेर्नुहोस् 

  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया