logo-img

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । 

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो । 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको थियो । 

आज कतारी रियाल एकको खरिद दर खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया