logo-img

राष्ट्रिय सभा बैठकद्वारा ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

राष्ट्रिय सभाको बैठकले आर्थिक वर्ष २०८१–८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहाल सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । 

यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

सुशासन समितिमा सांसद शाक्य मनोनीत 

 बैठकमा अध्यक्ष दाहालले सांसद डा. अन्जान शाक्यलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन भएको सभासमक्ष जानकारी गराएका थिए । 





  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया