logo-img

नीति तथा कार्यक्रम ल्याउँदै बागमती सरकार, के-के छन् प्राथमिकतामा ?

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको  थियो । आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ । 

प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।  

सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । सरकारले निर्माण गरेका नीति तथा कार्यक्रमअनुसार नयाँ ढङ्गका कार्यक्रम ल्याउने प्रदेश सरकारको तयारी छ ।   





  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया