logo-img

भारतमा निर्वाचन : भाजपाले तीन सय सिट कटाउने गृहमन्त्री शाहको दाबी

भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ । अब अन्तिम सातौं चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको । 

सत्तारुढ भारतीय जनता पार्टीले यो निर्वाचनमा भारी मत हासिल गर्ने दाबी गरिरहेको छ । विपक्षी कांग्रेस आईले भने आफ्नो अवस्थामा ठूलो सुधार आउनेछ भनेर सत्तापक्षलाई तर्साइरहेको छ । दुवैतिर गठबन्धन छ र भाजपाले भने ४ सय सिट कटाउने भविष्यवाणी गरेको थियो । 

यसैबीच गृहमन्त्री तथा भाजपा नेता अमीत शाहले भारतीय दैनिक इण्डियन एक्प्रेसको अनलाइन संस्करणसँग सम्वाद गर्दै पाँचौं चरणको मतमै भाजपाले बहुमत हासिल गरिसकेको अनुमानित दाबी गरेका छन् । शाहका अनुसार भाजपाले अन्तिम चरणको मतदान अघि नै ३ सय हाराहारीको जीत हासिल गरिसको छ । 

‘सरकार गठन गर्न हामीसँग पाँच चरणको मतदानबाट नै पर्याप्त संख्या प्राप्त भैसकेको  छ’ शाहले भनेका छन्, ‘हामी कतै ३०० र ३१० को बीचमा छौं । यो छैटौं चरणको मत गणना नगरी हो... हामी सहज स्थितिमा छौं । यस पटक हामी १० वर्षको ट्र्याक रेकर्ड र २५ वर्षको शक्तिशाली सकारात्मक एजेन्डा लिएर जनतासामु गयौं ।’  





  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया