logo-img

अमेरिकामा आँधी : ८ जनाको मृत्यु, लाखौँ मानिस प्रभावित

संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखौँले गम्भीर मौसमको खतराको सामना गर्नु परेको सिएनएनले जनाएको छ । 

मुख्यतया मध्य–मिसिसिपी, ओहायो र टेनेसी उपत्यकाजस्ता अमेरिकाको फराकिलो क्षेत्रहरूमा आइतबार करिब १० करोड ९० लाखभन्दा बढी व्यक्ति असिना, दूषित र तेजयुक्त हावा र भयानक आँधीको खतराको सामना गर्नु परेको थियो । 

आँधी पूर्वानुमान केन्द्रले आँधीबेहरी पूर्वतिर सर्दै जाँदा खराब मौसमी प्रभावले व्यापक क्षति पुर्‍याउने चेतावनी दिएको छ ।  केन्द्रले अर्कान्सास, इलिनोइस, केन्टकी, मिसौरी र टेनेसीका भाग समेट्छ । सेन्ट लुइस र जेफरसन सिटी, मिसौरी, पादुका, केन्टकी, कार्बोन्डेल, इलिनोइसका चार लाख ७० हजार मानिसलाई प्रभावित गर्ने जनाएको छ । 

आइतवार, कम्तीमा ११ वटा आँधीबेहरी आएको बताइएको छ भने ‘मेमोरियल डे’मा मौसम अझ गम्भीर हुने अनुमान गरिएको छ । सोमबार १२ करोडभन्दा बढी मानिसहरू गम्भीर मौसमको जोखिमबीच न्यू इङ्ग्ल्यान्डको दक्षिणको पूर्वी तटमा केन्द्रित छन् । यसबाहेक, आइतवार इन्डियाना, इलिनोइस र केन्टकी हुँदै आएको आँधीबेहरीले पूर्वतिर सर्दै निरन्तर खतरा उत्पन्न गरिरहेको छ । 





  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया