logo-img

कांग्रेसकाे सभापति पक्ष सहमति जुटाउने प्रयास गर्छ, महामन्त्री पक्षले भाँड्ने गर्छ : बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले कार्यादेश निर्माणमा सहमति जुटाउने प्रयास गरे पनि महामन्त्री गगन थापा पक्षले त्यसमा भाँड्ने गरेको बताएका छन् । 

नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन समितिको गठन हुन नसकेको उनले बताए । कांग्रेसका महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको उनकाे आरोप छ । 

उनले संसदीय छानबिन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको स्पष्ट पारे। तर, कांग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले सहमति जुटाउन नसकेको प्रमुख सचेतक बर्ताैलाले बताए।

‘सभापति कांग्रेसहरु मिलौँ कि भन्ने भावबाट अगाडि बढ्न खोजेको देखिन्छ,' बर्तौलाले भने, 'तर महामन्त्री कांग्रेसहरु परिस्थिति मिल्छ कि भन्ने चिन्ता व्यक्त गरेर निष्कर्षमा पुग्न सकेनौँ।’

सरकारले १५ गतेपछि बजेट ल्याउन नमिल्ने संवैधानिक बाध्यतालाई नेपाली कांग्रेसले बुझिदिनुपर्ने र जेठ १५ गते नै बजेट ल्याउँदा सहज वातावरण बनाउनुपर्ने उनको भनाइ छ । प्रमुख सचेतक बर्तौलाले संवैधानिक बाध्यता भएकाले जेठ १५ गते बजेट ल्याउन कांग्रेसले पनि रोक्न नमिल्ने बताए। 





  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया