logo-img

‘जनरल हस्पिटल’ अभिनेता जोनीको हत्या

अमेरिकी अभिनेता जोनी वाक्टरको लसएन्जल्समा गोली हानी हत्या गरिएको छ । अभिनेता वाक्टरको कारको एक भाग चोर्ने प्रयासमा रहेका व्यक्तिले उनको हत्या गरेका हुन् ।

वाक्टरको कार पार्क गरिरहेको स्थानमा रहेको क्यालिटीक कन्भर्टर हटाउन प्रयासरत रहेका तीन व्यक्तिले ३७ वर्षे अभिनेतालाई आक्रमण गरेका थिए । आक्रमणबाट जोनी गम्भीर घाइते भएका थिए । क्यालिटिक कन्भर्टर महंगो मूल्यमा बिक्री हुने फलामको साधन हो ।

अमेरिकी सप ओपेरा ‘जेनेरल हस्पिटल’बाट लोकप्रियता कमाएका अभिनेताको शनिबार बिहान निधन भएको थियो । उनका एजेन्ट डेभिड साउलले जोनी एक ‘उत्कृष्ट मानव’ भएको बताएका छन् ।

जोनीकी आमा स्कार्लेटले आफ्नो छोरा कामबाट फर्किएर कारतर्फ आइरहँदा यो घटना भएको बताइन् । ‘ऊ आफ्नो कारतर्फ अगाडि बढिरहेको थियो । उसको कार छिमेकीको घरको अगाडि थियो । उसले कारलाई ढल्किरहेको देखेपछि उसले त्यो व्यक्तिलाई ‘तिमी मेरो कार उठाइरहेका छौ ?’भनेर सोधेपछि त्यो व्यक्तिले गोली हान्यो’, आमाले भनेकी छन् । 

स्कार्लेटले छोरालाई गोली हानेपछि गोली हान्ने व्यक्तिसहित दुई व्यक्ति भागेको बताएकी छन् । उनले छोराको हत्या गर्नु ‘मूर्खतापूर्ण’ काम भनेकी छन् ।

यो घटना लसएन्जल्सस्थित वेस्क पिको बुलेभार्ड र साउथ होप स्ट्रिटको कुनामा भएको थियो । घटनापछि फरार अभियुक्त पक्राउ परेका छैनन् ।



‘जनरल हस्पिटल’का निर्माताहरुले साउथ क्यारोलिनामा जन्मिएका वाक्टरलाई ‘हरेक दिन काम गर्न पाउँदा खुशी हुने व्यक्ति’का रुपमा चित्रण गरेका छन् ।

वाक्टरले ‘जनरल हस्पिटल’मा दुई वर्ष काम गरेका थिए । उनले २०१३ एनबीसी सिरिज ‘साइबेरिया’ र एचबीओको ‘वेस्टवल्र्ड’मा दुई एपिसोडमा पनि काम गरेका थिए ।
 



  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया