logo-img

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै, बजेटको आकार १९ खर्ब

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गर्दैछ । १५ जेठमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप आज अर्थमन्त्री वर्षमान पुनले संसदमा दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

उनले मंगलबार नै संसदमा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्नेछन् ।

आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालय १९ खर्ब हारहारीको आकारको बजेट ल्याउन लागेको हो । राष्ट्रिय स्रोत अनुमान समितिले भने सरकारलाई १८ खर्बको सिलिङ दिएको थियो । 

राजनीतिक तहबाट केही नयाँ कार्यक्रमको प्रस्ताव आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बजेटको आकार बढाउन बाध्य भएका हुन् । आउँदो १ साउनदेखि कार्यान्वयनमा आउन लागेको बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्ने सरकारको दाबी छ ।





  • प्रकाशित मिति : जेठ १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया