logo-img

एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला) तर्फ ज्वाला पुरी वन निर्वाचित भए ।

प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो । अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी ७ सय ३२ र मनोनीत २९ गरी जम्मा ७ सय ६१ प्रतिनिधि सहभागी थिए ।   





  • प्रकाशित मिति : जेठ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया