logo-img

विश्वकप वार्मअपमा नेदरल्याण्ड्सले श्रीलंकालाई हरायो
फाइल तस्बिर

आसन्न टी–२० विश्वकपको वार्मअप खेलमा एसोसियट टिम नेदरल्याण्ड्सले टेस्ट राष्ट्र श्रीलंकालाई हराएको छ । गएराति अमेरिकामा सम्पन्न खेलमा डच टिमले श्रीलंकालाई २० रनले हराएको हो । 

यस खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको श्रीलंका १८.५ ओभरमा १ सय ६१ रनमै अलआउट भयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । 

यस्तै, अर्को वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियालाई ७ विकेटले हरायो । आज बिहान सम्पन्न खेलमा नामिबियाले दिएको १२० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो ।  

उसका लागि ओपनर डेविड वार्नरले आक्रामक पारी खेले । २१ बलको सामना गरेका वार्नरले ६ चौका र तीन छक्कासहित अविजित ५४ रनको पारी खेलेका हुन् । यस्तै, टिम डेविडले २३, कप्तान मिचेल मार्शले १८ र म्याथ्यू वेडले अविजित १२ रनको योगदान दिए ।

नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले दुई विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायो । उसका लागि जान ग्रीनले ३८, मलान क्रुगरले १८, गेहार्ड इरास्मसले १५, निकोलस डेविनले १४, जेपी कोएत्जेले १३ र डेविड भिसेले १२ रन बनाए ।  

अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन, जोस हेजलउडले दुई, नाथन एलिस र टिम डेविडले एक/एक विकेट लिए । विश्वकपमा यी दुई टोली समूह ‘बी’ मा छन् ।  



यस्तै, नेपाल समूह समूह ‘डी’ मा रहेको छ । नेपालले वार्मअप म्याचको पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भयो । नेपालले अब दोस्रो वार्मअपमा बिहीबार अमेरिकासँग खेल्नेछ । 



  • प्रकाशित मिति : जेठ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया