logo-img

‘पूर्णबहादुरको सारङ्गी’मा अञ्जना अनुबन्धित

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । यसअघि फिल्ममा गायक तथा कलाकार प्रकाश सपुत, मुकुन भुसाल, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन् ।

फिल्मका निर्माता विनोद पौडेलका अनुसार फिल्म जेठ २१ गतेबाट छायाङ्कनमा जानेछ । सरोज पौडेलको लेखन तथा निर्देशक रहने फिल्मले मौलिक कथालाई उठान गर्ने निर्माण पक्षको दाबी छ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको सङ्गीत रहने छ । फिल्म आगामी वर्ष रिलिज हुनेछ । 





  • प्रकाशित मिति : जेठ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया