logo-img

क्रिकेट : काठमाडौंसँग ललितपुर पराजित

एनसिसी एस महिला तथा पुरुष ट्वान्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा काठमाडौं ललितपुरलाई पराजित गर्दै विजयी भएको छ ।    
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं ललितपुरलाई ३१ रनले पराजित गर्दै विजयी भएको हो । 

काठमाडौंले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९९ रनमा समेटियो । ललितपुरका लागि याशु पाण्डेले सर्वाधिक ३५ रनको योगदान दिइन भने रेखा तामाङले अविजित १६ रन बनाइन् । त्यस्तै साविका यादवले १६ रन बनाइन् ।
    
काठमाडौंका लागि संस्कृति फुयाल, विपिशा शाही र एली यादवले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ३० रनको योगफल बनाएको थियो । काठमाडौंका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन् ।  

यसैगरी कञ्चन श्रेष्ठले ३६ तथा एली यादवले अविजित १८ रन बनाइन् । ललितपुरका लागि मनीषा उपाध्याय र सम्भाव्या ढकालले समान एक/एक विकेट लिए । मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा भोलि भक्तपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।





  • प्रकाशित मिति : जेठ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया