logo-img

एक वर्षमा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड
प्रतीकात्मक तस्वीर

विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ । एम्नेस्टी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर मृत्युदण्डको सजाय दिइएकोमध्ये सन् २०२३ मा २०१५ यताकै सबैभन्दा ठूलो संख्या हो ।

सन् २०१५ मा १ हजार ६३४ जनालाई मृत्युदण्ड दिइएको थियो भने सन् २०२३ मा १ हजार १ सय ५३ जनालाई मृत्युदण्डको सजाय दिइएको एम्नेष्टीले जनाएको छ । 

प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको हो । सो वर्ष मृत्युदण्ड दिइएका मध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन् । जसमा २४ महिला र ५ बालबालिका समेत रहेका छन् । 

त्यस्तै, चीनमा पनि हजारौं मानिसलाई मृत्युदण्डको सजाय दिइएको छ । तर, चीनले भने आधिकारिक तथ्यांक नदिँदा प्रतिवेदनमा समावेश गर्न नसेकेको एम्नेष्टीले जनाएको छ । 

एम्नेष्टी इन्टरनेशनलका महासचिव आग्नेस कालामारले इरानमा मानव जीवनको घोर उपेक्षा रहेको टिप्पणी गरेकी छन् । ‘मान्छेको जीवनको मूल्य हुनुपर्छ । तर, इरानमा त्यस्तो छैन, त्यहाँ स–सानो विषयमा पनि मृत्युदण्ड दिइएको पाइएको छ,’ उनले भनिन् । प्रतिवेदनअनुसार त्यहाँ विशेष गरी गरिब बलुच समुदायका मानिसलाई भेदभावपूर्ण तरिकाले मृत्युदण्ड दिइएको छ । 

इरानापछि धेरै मृत्युदण्ड दिनेमा साउदी अरेबिया, सोमालिया र अमेरिका छन् । अमेरिकामा दुई वर्षमा ४२ जनालाई मृत्युदण्ड दिइएको छ । तर, अमेरिकामा भने मृत्युदण्डको सजाय कम हुन थालेको छ । 



अमेरिकामा सन् २०२२ मा १८ जनाले मृत्युदण्ड पाएका थिए भने सन् २०२३ मा २४ जनालाई मात्रै मृत्युदण्ड दिइयो ।  



  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया