logo-img

हलिउड निर्माता हार्वेविरुद्ध थप दुई महिलाले दिए यौन उत्पीडनको उजुरी

हलिउडका प्रख्यात निर्माता हार्वे विनस्टीन प्रायः निजी कारणले चर्चामा आइरहन्छन् । पछिल्लो दशकमा हलिउडमा गर्माएको ‘मी टू अभियान’को मुख्य शिकार यिनै निर्माता बनेका छन् ।

उनीमाथि ८० भन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । हार्वेमाथि हालै मेनहटनको अदालतमा थप दुई महिलाले यौन उत्पीडनको मुद्दा दायर भएका छन् ।

हार्वे वर्तमान समयमा यौन उत्पीडनको मामलामा जेल सजाय बिताइरहेका छन् । मेनहटनका सहायक जिल्ला अटर्नी निकोल ब्लमबर्गले अदालतका एक न्यायाधीशलाई नयाँ पीडितको दाबीको मूल्यांकन गरिरहेको बताएका छन् । निकोलले हार्वेमाथि अर्को नयाँ अभियोग लाग्ने सक्ने सम्भावना बढेको जनाएका छन् ।

हार्वे बिहीबार मेनहट्टन कोर्ट हाउसमा उपस्थित थिए । यो त्यही कोर्ट हाउस हो, जहाँ गुप्त धनको मामलामा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतको निर्णयको पर्खाइमा छन् ।

हार्वेमाथि दुई महिला मिमी हेली र जेसिका मानले बलात्कारको आरोप लगाएका थिए, जसकारण उनलाई फस्ट डिग्री यौन उत्पीडन र थर्ड डिग्री बलात्कारमा दोषी ठहराइएको थियो । अब नयाँ मामलाको सुनुवाइ यही अदालतमा हुनेछ ।

हार्वे मी टू अभियानपछि चर्चामा छन् । उनी सन् २०२२ मा यौन उत्पीडनको मामलामा दोषी ठहरिएका थिए । उनलाई न्यायाधीशले १६ वर्षको जेल सजाय सुनाएका थिए ।  





  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया