logo-img

काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस कास्कीमा दुर्घटना, आठजना घाइते

काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा दुर्घटना भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा आठजना घाइते भएका छन् ।  

बा५ख २८५ नम्बरको बसमा सवार १३ मध्ये आठजना घाइते भएका प्रहरीले जनाएको छ । बसका चालक पर्वतको जलजला गाउँपालिका–८ बस्ने वर्ष ३६ का बलबहादुर फगामी मगरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । 



म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी र सोही जिल्लाको मंगला गाउँपालिका–१ निस्कोटका ४५ वर्षीय प्रेम पुनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मालिका वडा नम्बर ८ का ५७ वर्षीय तिलक शर्मा र दरबाङ बस्ने वर्ष १५ की सबिता श्रीपालीलाई पनि उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । सोही दुर्घटनामा घाइते दरबाङ बस्ने वर्ष १७ का भीमसेन अधिकारीको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।

मंगला गाउँपालिका–१ सिमह बस्ने वर्ष ५७ की हरि केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमालको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ता शर्माले जानकारी दिए । 

बस सडकको दायाँ साईडतर्फ नालामा पल्टिएको हो । 





  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया