logo-img

गाजाबाट इजिप्ट जाने सीमा इजरायली सेनाको नियन्त्रणमा

इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई जाने २० वटा सुरङ्ग फेला परेको जनाएको छ ।

सीमाको छेउमा रहेको इजरायलले गाजा पट्टीबाट अलग भएपछि सन् २००६ मा हतियार तस्करी रोक्नका लागि सिर्जना गरिएको मध्यवर्ती क्षेत्रको १४ किलोमिटर जमिनलाई ‘फिलाडेल्फी कोरिडोर’ भनेर चिनिन्छ । यो क्षेत्रलाई सन् २००७ मा हमासले प्यालेस्टिनी प्राधिकरणबाट कब्जामा लिएको थियो । 

भूमध्यसागरीय तट नजिकैको एक भागबाहेक अधिकांश कोरिडोरमा सैनिक भौतिकरूपमा उपस्थित रहेको सेनाले जनाएको छ । निगरानी र फायर पावरद्वारा नियन्त्रित छ ।

सेनाले सीमापारका केही सुरङ्ग रहेको जानकारी पाएको जनाउँदै कोरिडोर क्षेत्रका ८२ वटा अन्य मार्ग पनि नष्ट हुने जनाएको छ । आईडीएफले राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा हमासले राखेका दर्जनौं रकेट लन्चर फेला पारेको छ । सन् १९७८ मा हस्ताक्षर गरिएको क्याम्प डेभिड सम्झौताका सर्तअन्तर्गत सीमा प्राविधिकरूपमा सैनिकरहित क्षेत्र हो ।

इजरायलले ७ मेमा इजिप्टसँगको रफाह सीमाको प्यालेस्टिनी क्षेत्र र अधिकांश सिमानाको नियन्त्रण लिएको थियो । गत ७ अक्टोबरमा गाजा सीमा नजिकै इजरायली समुदायमा हमासको आक्रमणमा एकै पटक कम्तीमा १ हजार २ सय व्यक्ति मारिएका थिए । यस्तै, हमासले २५२ व्यक्तिलाई बन्धक बनाएको थियो । 





  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया