logo-img

गगनको दाबी : सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछाने छानबिनको दायरामा आउँछन् (भिडियोसहित)
‘समितिलाई आवश्यक परे कानुन संशोधनको सिफारिस गर्ने कार्यादेश छ’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छानबिनको दायरामा आउने दाबी गरेका छन् ।  बिहीबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै महामन्त्री थापाले संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब माग्ने बताएका हुन् ।

कांग्रेस मागअनुसार नै सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन भएको र छानबिन समितिमा रहेका सांसदहरूले कार्यादेश के हो भन्ने राम्रोसँग बुझेकाले सहकारी ठगीमा संलग्न सबैसँग व्यक्तिसँग हिसाब माग्ने बताए ।

‘छानबिन समितिमा रहेका सांसदहरूले कार्यादेश के हो भन्ने राम्रोसँग बुझ्नुभएको छ,’ थापाले भने, ‘गोरखा मिडिया नेटवर्कमा संलग्न गृहमन्त्रीलाई पनि बयानमा बोलाउने हो भनेर कार्यादेश बनाउने बेला नै प्रधानमन्त्रीसँग छलफल भएको थियो। भोलिका दिनमा भाषामा गएर कपटपूर्ण ढंगले व्याख्या गर्न पाउँदैन भनेर प्रधानमन्त्रीले भनेका कुरा सुन्ने साथीहरू नै समितिमा हुनुहुन्छ ।’

निजी संस्थाले कुनै पनि सहकारीबाट पैसा लिन नपाउने भए पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीबाट रकम लिएको थापाको दाबी छ ।

संसदीय समितिले बचतकर्ताको जोखिममा परेको र डुबेको रकम फिर्ता गर्ने उपायसँगै आवश्यक परे कानुन नै संशोधन गर्न पनि सिफारिस गर्ने थापाको भनाइ छ ।

‘सहकारी ठगीमा संलग्न देखिएका व्यक्तिहरूका बारेमा अध्ययन गर्नेजस्ता कुरा संसदीय छानबिन समितिको कार्यादेशमा राखिएको छ,’ थापाले भने, ‘यो समिति जे सोचेर कांग्रेसले विषय उठाएको हो त्यही अनुरूपको समिति बनेको छ । यसमा संलग्न भएका प्रत्येक मानिसको हिसाबकिताब यो समितिले माग्छ, माग्नका लागि बनाएको हो ।’





  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया