logo-img

विज्ञप्ति जारी गर्दै पारसले भने– सबै पहल हुँदासमेत सन्दीपले भिसा पाएनन्

नेपाल क्रिकेट संघ (क्यान)ले संघको अथक प्रयासका बाबजुद पनि क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । 

सरकारी तवरबाट आवश्यक सबै पहल हुँदासमेत अमेरिकाले उनलाई भिसा नदिएको पारसको भनाइ छ । क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आइसिसीबाट समेत आवश्यक पहल भएको उनले बताएका छन् । 

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लोपटक बिहीबार दूतावासले भिसा दिन अस्वीकार गरेको हो । लामिछानेले भिसाका लागि दुईपटक निवेदन दिए पनि दूतावासले दुवैपटक भिसा दिन अस्वीकार गरेको हो । 





  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया