logo-img

नेपाल-अमेरिकाबीचको अभ्यास खेल मौसमका कारण रद्द

आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ । आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका कारण खेल रद्द भएको हो ।

डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो ।  घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । त्यस पछि भारी वर्षा सुरु भयो र खेल स्थगन गरियो । झन्डै ४५ मिनेट पछि वर्षा रोकिएपछि पिचको कभर पनि हटाइएको थियो । मैदानका कर्मचारीको दौडादौड त्यस बेला फेरि भयो जति बेला पुनः वर्षा सुरु भयो । त्यस पछि भने अम्पायरले खेल रोक्ने निर्णय गरे ।   

अभ्यास म्याचमा नेपाल यस अगाडि क्यानडा सँग पराजित भएको थियो । दोस्रो पटक आइसीसी विश्व कप खेल्दै गरेको नेपालले समूह चरणको पहिलो खेल जुन ४ तारिख यसै मैदानमा नेदरल्याण्डसँग खेल्ने छ । 

नेपालले दोस्रो खेल जुन १२ तारिख फ्लोरिडामा श्रीलङ्का सँग खेल्ने छ । नेपालले समूह चरणमा बङ्गलादेश र दक्षिण अफ्रिका सँग वेष्टइन्डिजमा खेल्ने छ । 

नेपाली टोली : रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी,  गुल्सन झा, सोमपाल कामी, अभिनास बोहरा, सागर ढकाल ।





  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया