logo-img

डाक्टरविहीन अवस्थामा अमेरिका पुगेको नेपाली क्रिकेट टिमलाई गरियो डाक्टरको व्यवस्था

आइसिसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना चिकित्सक (टिम डक्टर)लाई समावेश गरिएको छ । नेपाली टोली डाक्टर विहीन अवस्थामा अमेरिका पुगेको थियो । 

पछिल्लो समय टिम स्क्वाडका विषयमा चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट संघ क्यानले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको हो । नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले अमेरिकामै व्यवस्था गरिएको टिम म्यानेजर प्रदीप मजगैयाले जानकारी दिए । 

नेपाली टिममा इन्टनरनल मेडिसिनका सिनियर डा. होमनाथ पन्त समावेश गरिएका हुन् । उनी हाल अमेरिकाको सेन्ट एजनेस हसिप्टल बाल्टीमोरमा कार्यरत छन् । 
 





  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया