logo-img

चित्लाङबाट फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन सुरु

वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन मकवानपुरको चित्लाङबाट सुरु भएको छ । शुक्रबार बिहान चित्लाङमा रहेको भैरव मन्दिरमा पूजा गर्दै छायाङ्कन सुरु गरिएको हो ।

निर्देशक निरौलाका अनुसार एक महिनासम्म छायाङ्कन गरिने फिल्म चित्लाङमा २० दिन खिचिनेछ भने बाँकी दृश्य सौराहा र इलाममा खिचिनेछ । उनले समसामयिक कथामा कमेडी जनरामा फिल्म निर्माण हुने बताए ।

फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ ।

रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सबिन अधिकारीका कथा र शंकर धितालको पटकथा तथा संवाद छ । फिल्ममा श्याम तामाङको डिओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ । 





  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया