logo-img

यमनमा अमेरिका र बेलायतको संयुक्त हवाई आक्रमण : १४ जनाको मृत्यु, ३० घाइते

इरान समर्थित विद्रोहीको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरूप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।

हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने (कार्गो) जहाजहरूमा आक्रमण गर्दै आएको थियो ।

एएफपीका पत्रकारले बिहीबारदेखि शुक्रबारसम्म राजधानी साना र बन्दरगाह सहर होडैडामा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।​ 

हुथी नियन्त्रित अल–मासिराह टेलिभिजन च्यानलले ताइज सहरमा दूरसञ्चार पूर्वाधारलाई समेत लक्षित गरेको उक्त आक्रमणमा चौध जनाको जनाको मृत्यु हुनका साथै ३० जनाभन्दा बढी घाइते भएको बताएको छ । 

रेड सी र एडनको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीमा आक्रमण जारी राख्ने क्षमतालाई कम गर्न हुथी सैन्य सुविधाविरुद्ध अमेरिकी सेनासँग संयुक्त हवाई आक्रमण गरेको बेलायती रक्षा मन्त्रालयले बताएको छ ।

युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सेनाको रक्षा गर्न, आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न, र अन्तर्राष्ट्रिय पानीलाई अधिक सुरक्षित बनाउन आवश्यक थियो तसर्थ कुल तेह्र वटा हुथी–नियन्त्रित स्थलहरू लक्षित आक्रमण गरिएको हो ।’  





  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया