logo-img

प्रधानमन्त्री दाहालको निर्देशन- बजेटका सकारात्मक विषयलाई प्राथमिकता दिनू
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट छलफलमा प्रस्तुत हुँदा सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने हिसाबले प्रस्तुत हुन सबैलाई निर्देशित गरेका छन् । शुक्रबार संघीय संसदीय दलको बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘सबै हिसाबले यो बजेट सन्तुलित छ । सही दिशा समातेको छ यसले अब । यसलाई कार्यान्वयनको लागि अलिकति जोड गरेर जानुपर्छ भन्ने सबैको सुझाव आयो । त्यहीरूपमा बजेट छलफलमा प्रस्तुत हुँदा पनि बजेटको सकारात्मक विषयवस्तुलाई हाइलाइट गर्ने गरेर सदनमा सहभागी हुनको लागि प्रधानमन्त्रीले निर्देशित गर्नु भएको छ,’ पाण्डेले भने ।  

उनले बजेटको सीमा भएपनि अर्थ चलायमान र गतिशील बनाउँदै यसले एउटा ठोस रूप लिने विश्वास लिएको पनि बताए ।  उनले भने, ‘बजेटको सीमितता त छ तर पनि अर्थ चलायमान र गतिशील बनाउँदै यसले एउटा ठोस विषयवस्तु लिन्छ । अर्थमन्त्रीले यसको बारेमा विश्लेषण गर्नुभएको छ । त्यसैले बजेट अहिलेको सापेक्षता, देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था र समीकरणका साथ अगाडि बढी रहेका छौँ ।’ 

समितिका कामहरू अगाडि बढाउने, २० गतेबाट लगातार बजेट उपरको छलफल गर्ने र विधेयकको काममा पनि तीव्रताका साथ जाने भन्ने निर्णय पनि भएको छ । उनले भने, ‘अब समितिका कामहरूमा पनि सबैजना एकजुट हुने र २० गतेबाट लगातार बजेट उपरको छलफलका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा पनि गतिका साथ अगाडि बढाउने कुरा भएको छ । विधेयकको काममा पनि तीव्रताका साथ जाने भन्ने निर्णय भएको छ ।’ 

समाजवादको आधार तयार बनाउनको लागि उत्पादन वृद्धि, उत्पादकत्व वृद्धि र सामाजिक न्यायलाई मूल अभिमुखीकरण बनाएर बजेट त्यतातिर ढल्केको पनि उनको भनाइ छ ।





  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया