logo-img

उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्वस्थ भएका छन् । उनी स्वास्थ्य उपचारका लागि शुक्रबार दिल्ली उडेका छन् । उनी कांग्रेस नेतृ एवं श्रीमती सिर्जना सिंह र छोरासहित दिल्ली गएका हुन् । 

‘उहाँलाई प्रोष्टेटको समस्या थियो । नेपालमा बसेर उपचार गरिरहनु भएको थियो । तर, डाक्टरहरूकै सिफारिसमा दिल्लीमा शल्यक्रियाको प्रविधि राम्रो भएकाले त्यता जानुभएको हो,’ कांग्रेस नेता युपी लामिछानेले भने ।

पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए । तर नियमित शारीरिक अभ्यासमार्फत उनले मोटोपन घटाएका थिए । सिंह हिँडडुल, जगिङ, शारीरिक कसरत र प्राणायाम गरेर स्वास्थ्यको हेरचाह गर्दै आएका थिए । 
 





  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया