logo-img

प्रेम सम्बन्धको पाँच वर्षपछि अलग्गिए मलाइका र अर्जुन

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा पाँच वर्षदेखिको प्रेम सम्बन्धबाट अलग्गिएका छन् । सन् २०१९ मा आधिकारिकरूपमा प्रेम जोडीका रूपमा आफूलाई चिनाएका उनीहरू अब भने अलग्गिएका हुन् ।

प्रेम सम्बन्धमा रहँदा उनीहरू प्रायः सँगै हुन्थे र सामाजिक सञ्जालमा एकअर्काको तस्बिर राख्न छुटाउँदैन थिए । केही समयअघिदेखि भने उनीहरूको सम्बन्धमा दरार आएको समाचार सार्वजनिक भइरहेका थिए ।  

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले अब अलगअलग बाटो लिने निर्णय लिइसकेका छन् । ‘मलाइका र अर्जुनबीच विशेष सम्बन्ध थियो । उनीहरू एकअर्काको हृदयमा विशेष स्थान बनाएर बसेका थिए । अब भने उनीहरूले अलग्गिने निर्णय लिएका छन् । उनीहरूले यसलाई सम्मानजनक अलग भनेका छन् । उनीहरुले कसैलाई पनि आफूहरूको सम्बन्धमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्’, जोडी निकट स्रोतले भन्यो ।

मलाइका र अर्जुनले सन् २०१९ मा ‘इण्डियाज मस्ट वान्टेड’को स्क्रिनिङ पछि आफ्नो सम्बन्धलाई आधिकारिता दिएका थिए ।  
 





  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया