logo-img

भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान
फाइल फाेटाे

भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदै छ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदै छ । 

पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज मतदान हुँदै छ ।

लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा छन् । यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् । 

सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रमहरू आयोजना गरे ।  यसमा र्यालीहरू र रोड शोहरू समावेश थिए । 

आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुगेका थिए । ध्यान आजसम्म जारी रहनेछ ।  ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गर्ने बताइएको छ । 

लोकसभा चुनावको अघिल्लो ६ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात मङ्गलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।  





  • प्रकाशित मिति : जेठ १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया