logo-img

‘बिग बोस ओटिटी-३’ चलाउँदै अनिल कपूर

लोकप्रिय रियालिटी शो ‘बिग बोस ओटिटी ३’ लामो समयदेखि प्रतीक्षाको विषय बनिरहेको छ । ‘बिग बोस ओटीटी’को पहिलो सिजन करण जोहर र दोस्रो सिजन सलमान खानले होस्ट गरे । अब तेस्रो सिजन भने अभिनेता अनिल कपूरले होस्ट गर्ने भएका छन् ।

जियो सिनेमाले शुक्रबार आफ्नो इन्स्टाग्राम एकाउण्टमा शो ‘बिग बोस ओटिटी-३’को प्रोमो भिडियो शेयर गरेको छ । भिडियोमा अनिल कपूर देखिएपछि शोको होस्ट उनी भएको खुलेको हो ।

भिडियोमा शो चलिरहेको बेला अनिल कपूरको प्रवेश देखाइएको छ । यद्यपि अध्यारोका कारण उनको अनुहार प्रस्ट देखिएको छैन । अनिल कपूर सिटी बजाउँदै आफ्नो शैलीमा भन्छन्, ‘कुर्सी लिनुहोस् । धेरै भया झकास, अब केही विशेष गरौं ।’

‘बिग बोस ओटिटी-३’को प्रोमो हेरेर सलमान खानका फ्यान भने निरास भएका छन् । उनीहरुले सलमान बिना शो चल्न असम्भव रहेको प्रतिक्रिया दिएका छन् । एक फ्यानले लेखेका छन् ‘सलमान छैनन्, त शो छैन ।’ अर्का एक फ्यानले शो ‘फ्लप’ हुने लेखेका छन् ।

शो जूनबाट सुरु हुनेछ । तर कहिलेबाट प्रसारण हुने भन्ने निर्माताले मिति खुलाएका छैनन् । शोको पहिलो सिजन दिव्या अग्रवाल र दोस्रो सिजन एल्विश यादवले जितेका थिए । 





  • प्रकाशित मिति : जेठ १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया