logo-img

हनि जोडीको ‘ह्रस्व दीर्घ’ संविधान दिवसमा प्रदर्शनमा आउने

अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ संविधान दिवसको दिन अर्थात् असोज ३ गते रिलिज हुने भएको छ । यसअघि यो फिल्मले असोज ११ लाई रिलिज मिति तोकेको थियो ।

निर्मात्री नीताले वितरक कम्पनी र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन् । ‘हाम्रो फिल्म कुन मितिमा ल्याउने विषयमा हामी गम्भीर छौं । त्यसकारण असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो,’ नीताले भनिन् । फिल्मको यतिबेला धमाधम डबिङको काम भइहेको छ । फिल्मको डबिङका लागि अभिनेत्री विपना थापा नेपालमा छिन् ।

चन्द्र पन्त निर्देशित फिल्ममा नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ ।

सोसल ड्रामासहितको प्रेमकथामा आधारित फिल्म भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा बलिउडका स्थापित छायाकार कविरलालको छायांकन छ ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मित्रडी गुरुङको सम्पादन, धनञ्जय घलानीको कास्टिङ, रामजी लामिछाने र बलिउड कोरियोग्राफर सुष्मा सुमनको कोरियोग्राफी छ ।





  • प्रकाशित मिति : जेठ १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया