logo-img

विश्वकप वार्मअप खेलमा बंगलादेशविरुद्ध भारतको सानदार जित

नवौं संस्करणको आइसिसी टी–२० विश्वकपको अन्तिम वार्मअप खेलमा भारतले बंगलादेशलाई ६० रनले हराएको छ । गएराति सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनायो । 

उसका लागि ऋषभ पन्त र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले । पन्तले ३२ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५३ रन बनाए । यस्तै, पाण्ड्याले २३ बलमा चार छक्का र दुई चौकाको सहयोगमा अविजित ४० रनको योगदान दिए ।

त्यस्तै, सूर्यकुमार यादवले ३१, कप्तान रोहित शर्माले २३ र शिवम दुबेले १४ रन जोडे । बंगलादेशका लागि मेहदी हसन, शोरिफुल इस्लाम, तनवीर इस्लाम र महमुदुल्लाहले एक/एक विकेट लिए । 

१ सय ८३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको बंगलादेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो । उसका लागि महमुदुल्लाहले ४०, शाकिवअल हसनले २८, तान्जिद हसनले १७ र तौहिद हृदयले १३ रन बनाए । 

भारतका लागि शिवम दुबे, अर्शदीप सिंहले दुई/दुई तथा जसप्रित बुहराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र अक्षर पटेलले एक/एक विकेट लिए । आजदेखि सुरु भएको विश्वकपमा भारतले पहिलो खेल बुधबार आयरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।

यस्तै, नेपाल रहेको समूह ‘डी’ मा रहेको बंगलादेशले विश्वकपमा पहिलो खेलमा शनिबार श्रीलंकाको सामना गर्नेछ । 





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया