logo-img

संसदको दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूची ?
फाइल तस्बिर

संघीय संसदअन्तर्गत आइतबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ तथा दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो । 

दुवै सदनमा आज मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा (मंगलबार) संसदमा प्रस्तुत भएको ‘राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

आजै दिउँसो सवा १ बजे सुरु हुने गरी बोलाइएको राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययमाथिको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । 

योसँगै राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । 

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने छिन् । 





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया