logo-img

विश्वकपमा क्यानडाले अमेरिकालाई दियो बलियो लक्ष्य, धालिवाल र किर्तनको अर्धशतक

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो ।

उसका लागि पूर्वकप्तान नवनीत धालिवाल र मध्यक्रमका ब्याटर निकोलस किर्टनले अर्धशतकीय पारी खेले । धालिवालले ४४ बलमा ६ चौका र तीन छक्कासहित ६१ रनको पारी खेलेका हुन् । टी–२० आईमा धालिवालको यो सातौं अर्धशतक हो ।  

यस्तै, किर्टनले ३१ बलमा तीन चौका र दुई छक्काहित ५१ रनको इनिङ खेले । टी–२० आईमा उनको यो पहिलो अर्धशतक हो । यस्तै, अविजित रहेका श्रेयस मोव्वाले १६ बलमा दुई छक्का र दुई चौकासहित अविजित ३२ रनको आक्रामक पारी खेले । त्यस्तै, आरोन जोनसनले २३ र दिलप्रीत बाजवाले ११ रन जोडे । 

अमेरिकाका लागि कोरी एण्डरसन, अलि खान र हरमीत सिंहले एक/एक विकेट लिए । जारी संस्करणको विश्वकपमा पहिलोपटक २० देशले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ । 

यस्तै, नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशको सामना गर्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।     
 





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया