logo-img

धनगढी उड्न लागेको विमानमा ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट फर्काइयो
फाइल तस्बिर

काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।

‘धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो’, यात्री मञ्जु शाहीले भनिन्, ‘नेल पलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।’ 

यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको  ८:२५ बजेको उडान तालिका थियो ।

विमानभित्र इन्धनको गन्ध आएको र  प्राविधिक परीक्षणका लागि  फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए ।  





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया