logo-img

पर्यटनमन्त्री भन्छन्- यस वर्ष १६ लाख पर्यटक नेपाल आउनेछन्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् । 

गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको र सोहीअनुसार काम भइरहेको बताए । 

उनले भने, ‘यसअघि कोभिडका कारण पर्यटक आउने सङ्ख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनु भएको थियो । सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ ।’

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दु धर्मावलम्बी पर्यटकको सङ्ख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक सङ्ख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उनको भनाइ छ । भन्छन्, ‘यहाँ कतिपय तस्बिरहरू आफैँले भोगेका राखिएका छन् । कतिपय पुराना इतिहास झल्काउने खालका तस्बिर देखेँ । यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ । गोरखापत्रको यो काम प्रशंसनीय छ । पुर्खाका पालाका तस्बिर देख्न पाउँदा खुसी लाग्यो ।’  





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया