logo-img

सहकारी ठगी : गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाऊ आदेश दिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले दिएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेशसहित दुवैजनालाई छलफलका लागि उपस्थित हुन आदेश दिएको हो । 

सहकारी ठगी प्रकरणमा रवि संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानुनी रहेको भन्दै निवेदकले दुवैजनालाई कारबाहीको माग गरेका थिए ।  

सर्वोच्चले सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको रिटको छिनोफानो तत्कालै गर्नुपर्ने भन्दै अर्को पेसी यही जेठ २८ गतेका लागि तोकेको छ ।

उक्त रिटको पूरक जाहेरीको प्रमाणित प्रतिलिपि पेस गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया