logo-img

कांग्रेस सोमबारबाट कोशी प्रदेशसभा बैठकमा सहभागी हुने

कोशी प्रदेशमा नयाँ सरकार बनेपछि प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको नेपाली कांग्रेस सोमबारबाट प्रदेशसभामा सहभागी हुने भएको छ । भोलि आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले सो बैठकमा कांग्रेस पनि सहभागी हुने भएको हो ।
  
कोशी प्रदेश प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जनाएका छन् । 

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पनि भोलिदेखि प्रदेश सभा बैठकमा सहभागी हुने बताएका छन् । कांग्रेसले यसअघि प्रतिनिधिसभामा विरोध जनाउँदै आएको थियो । प्रदेशमा पनि विरोधस्वरूप कांग्रेसले बहिष्कार गरेको र अहिले प्रतिनिधिसभाको अवरोध हटेकाले प्रदेशसभाको बैठकमा सहभागी हुने उनको भनाइ छ।

नयाँ सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको थियो । दुईवटा बैठक बहिष्कारपछि कांग्रेस तेस्रो बैठकमा भने सहभागी हुन लागेको हो । 





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया