logo-img

विश्वकपमा पिएनजीविरुद्ध आयोजक वेस्ट इण्डिजको संघर्षपूर्ण जित

आयोजक वेस्ट इण्डिजले आइसिसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई ५ विकेटले हराउँदै वेस्ट इण्डिजले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । 

आफ्नो पहिलो खेलमा पिएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इण्डिजले सहजै पूरा गर्ने अनुमान थियो । तर, उसले उक्त लक्ष्य पूरा गर्न १९ ओभर खेल्नु पर्‍यो । र, वेस्ट इण्डिजले ५ विकेट गुमायो । 

उसका लागि रोस्टन चेसले अविजित ४२, ब्रेण्डन किंगले ३४, निकोलस पूरनले २७, कप्तान रोभम्यान पावेल र आन्द्रे रसेलले १५/१६ रन बनाए । पिएनजीका लागि कप्तान असद भालाले दुई तथा अलि नाओ, चाड सोपर र जोन कारिकोले एक/एक विकेट लिए ।

त्यसअघि गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनायो । उसका लागि सेसे बाउले ४३ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५० रन बनाए ।

यस्तै, किप्लिन डोरिगाले अविजित २७, कप्तान असद भालाले २१, चार्ल्स अमिनीले १२ र चाड सोपरले १० रन बनाए । वेस्ट इण्डिजका लागि आन्द्रे रसेल र अल्जारी जोसेफले दुई/दुई तथा गुडाकेश मोती, रोमारियो सेफर्ड र अकील होसेनले एक/एक विकेट लिए ।

विश्वकपमा आज दुईवटा खेल हुँदै छन् । आज बिहान नामिबिया र ओमान तथा राति श्रीलंका र दक्षिण अफ्रिका खेल्ने छन् । बिहान जारी खेलमा ओमानविरुद्ध नामिबियाले टस जितेर फिल्डिङ गरिरहेको छ ।



समूह ‘डी’ मा रहेका दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल राति ८ः१५ देखि सुरु हुनेछ । समूह ‘डी’ मै रहेको नेपालले पहिलो खेल मंगलबार नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । उक्त खेल राति ९ः१५ देखि अमेरिकाको डालासमा हुनेछ ।    



  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया