logo-img

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।    

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको १८ खर्ब ६० अर्बको बजेटमाथि आइतबारदेखि छलफल सुरु भएको हो । छलफलको पहिलो दिन बैठकमा विभिन्न दलका सांसदले बजेटमाथि मिश्रित प्रतिक्रिया दिएका थिए । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेस गर्ने कार्यसूची पनि रहेको छ।   





  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया