logo-img

विश्वकपमा नामिबियासँग १०९ रनमै समेटियो ओमान, ट्रम्पलम्यानको घातक बलिङ

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘बी’ अन्तर्गतको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । बार्बाडोसस्थित केन्सिङ्टन ओवलमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । 

उसका लागि खालिद कैलले ३९ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक ३४ रन बनाए । यस्तै, जीशान मक्सूदले २२, अयान खानले  १५ र शाहील अहमदले ११ रन जोडे ।

नामिबियाका लागि बायाँहाते तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले सानदार बलिङ गरे । उनले ४ ओभरमा २१ रन दिएर चार विकेट लिए । टी–२० आईमा ट्रम्पलम्यानको यो करियरकै उत्कृष्ट बलिङ स्पेल हो ।

यस्तै, डेविड भिसेले तीन, कप्तान गेहार्ड इरास्मसले दुई र बर्नार्ड स्कोल्ट्जले एक विकेट हात पारे । विश्वकपमा आज दक्षिण अफ्रिका र श्रीलंका पनि भिड्ने छन् । समूह ‘डी’ मा रहेका दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल राति ८ः१५ देखि सुरु हुनेछ ।

समूह ‘डी’ मै रहेको नेपालले पहिलो खेल मंगलबार नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । उक्त खेल राति ९ः१५ देखि अमेरिकाको डालासमा हुनेछ ।    
 





  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया