logo-img

कोशी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आव २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । 

यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो । कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक बहिस्कार गरेको थियो .

आजको बैठकमा महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेस गर्न बैठकले स्वीकृति समेत प्रदान गरेको छ  । 





  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया