logo-img

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि अनुबन्धित

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन् । फिल्ममा यसअघि नै प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, अञ्जना बराइली, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन् । 

फिल्ममा बाल कलाकारद्वय जान्भी पौडेल र स्वायम केसीको पनि अभिनय रहनेछ । फिल्ममा सरोज पौडेलको लेखन र निर्देशन रहनेछ । फिल्मले गन्धर्व परिवारको कथा बोल्नेछ । फिल्म यसै साता सुटिङका लागि फ्लोरमा जानेछ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त सिवाकोटीको सङ्गीत रहने छ । फिल्म आउँदो वर्ष रिलिज हुनेछ । 





  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया