logo-img

गिरिबन्धु टी–इस्टेटबारे ओलीको प्रतिक्रिया : बालेनलाई सोध्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् । 

सोमबार संसद् भवनबाहिर गिरिबन्धु सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले यस्तो जवाफ फर्काएका हुन् । गिरिबन्धु टीइस्टेबारे प्रश्न उठिरहेको छ नि ? भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले यसबारे मेयर साहलाई सोध्न आग्रह गरेका हुन् । 

मेयर साहले सोमबारै सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै  १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन भन्दै ओलीलाई चेतावनी दिएका थिए । 

काठमाडौंको न्युरोडमा महानगरले फुटफाथ बढाउनका लागि सडक भत्काएको थियो । सडक विभागले त्यहाँ पुनः कालोपत्रे गर्न थालेपछि बालेनले ओलीमथि आक्रोश पोखेका हुन् । 

ओली नेतृत्वको एमलेका नेता रघुवीर महासेठ अहिले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री छन् । ओलीकै निर्देशनमा मन्त्री महासेठले आफ्नो काममा अवरोध गरेको बालेनको बुझाइ छ । 





  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया