logo-img

नेपालमै हुने भयाे साफ महिला च्याम्पियनसिप २०२४

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने जनाएकाे छ । साफ प्रतियोगिता समितिको आज बसेको बैठकले नेपाललाई साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक स्वीकृत गरेको हो । ​

सातौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर १७ देखि ३० तारिखसम्म नेपालले आयोजना गर्ने भएकाे हाे । प्रतियोगितामा सार्कका सात देशको सहभागिता रहनेछ । प्रतियोगिता काठमाडाैंको दशरथ रंगशालामा हुने तय भएको छ ।

यसअघि सन् २०२२ को छैटौँ संस्करण पनि नेपालमा नै आयोजना भएको थियो । त्यो संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । साफ महिला च्याम्पियनसिपमा भारत सबैभन्दा सफल टोली हो । भारतले अहिलेसम्म पाँचपटक उपाधि जितेको छ ।

यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । यसैगरी भगवती थापा सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ कोच, ज्योति राना डाक्टर र नवीना श्रेष्ठ वैद्य फिजियो नियुक्त भएका छन् ।

यस्तै विन्द्रा देवानले टिम म्यानेजरका रूपमा निरन्तरता दिने एन्फाले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया