logo-img

टी-२० विश्वकपमा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप २०२४ मा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको हो । 

आफ्नो पहिलो खेलमा श्रीलंकाले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि क्विन्टन डिककले २०, हेनरिक क्लासेनले अविजित १९, ट्रिस्टन स्टब्सले १३ र कप्तान एडन मार्कमले १२ रन बनाए । 

श्रीलंकाका लागि कप्तान वानिन्दु हसरंगाले दुई, दासुन सानका र नुवान तुषाराले एक/एक विकेट लिए । त्यसअघि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमै अलआउट भयो । 

उसका लागि कुशल मेन्डिसले १९, एन्जेलो म्याथ्यूजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टजेले चार, केशव महाराज र कागिसो रबाडाले दुई/दुई तथा ओटनिल बार्टम्यानले एक विकेट लिए । समूह ‘डी’ अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स खेल्ने छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ९ः१५ देखि सुरु हुनेछ ।    
 





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया