logo-img

अफगानिस्तानले युगाण्डालाई दियो १८४ रनको लक्ष्य, गुर्बाज र जाद्रानको उत्कृष्ट पारी

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई १ सय ८४ रनको लक्ष्य दिएको छ । क्यारेबियन देश गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटरद्वय रहमानउल्लाह गुर्बाज र इब्राहिम जाद्रानले अर्धशतकीय पारी खेले । गुर्बाजले ४५ बलमा चार चौका र चार छक्कासहित ७६ तथा जाद्रानले ४६ बलमा ९ चौका र एक छक्काको मद्दतमा ७९ रनको पारी खेलेका हुन् । यस्तै, मोहम्मद नाबीले १४ रन जोडे । युगाण्डाका लागि कसमस केउटा र ब्रायन मसाबाले दुई/दुई विकेट लिए ।  

आज हुने विश्वकपमा खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । यी दुई टिमबीचको नेपाली समयअनुसार राति ९ः१५ देखि अमेरिकको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियमम सुरु हुनेछ ।   





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया