logo-img

अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज

सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज हुने भएको छ । सुरुङको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । 

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी ९ (एसजेबिएन) ले गरिरहेको छ । 

यस्तै, प्रधानमन्त्री दाहालले आजै आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी ड्यामसाइट र पावारहाउसको हवाई अनुगमन गर्ने छन् ।

आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ । 

लगातार आयोजनाको बाँकी कार्य अघि बढेमा करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया